पिपुल्स हाइड्रोपावरले ९६ लाख कित्ता आइपीओ निष्काशन गर्दै, बिक्री प्रबन्धक सानिमा क्यापिटल

४ बर्ष अगाडि

काठमाडौं, पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणहरुका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता आइपीओ निष्काश गर्ने भएको हो ।

कम्पनीको शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ । शेयर प्रत्याभूतिकर्ता सम्बन्धि सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका प्रबन्ध संचालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका हुन् ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटललाई नियुक्त समेत गरिसकेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया