काठमाडौं, सानिमा मिडिल तमोर हाइड्रोपावरले सर्वसाधारणमा प्राथमिक शेयर जारी गर्ने विशेष प्रस्ताव सहित पुस १४ गते छैठौ वार्षिक साधारण सभा डाकेको छ ।
सभा होटल, अकामा धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेबाट हुनेछ । कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
सभाको विशेष प्रस्तावमा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तथा सो कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने रहेको छ । कम्पनीको जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रहेको छ ।
यसैगरी आईपीओबाट प्राप्त हुने कुल रकमको उपयोग सम्बन्धी वित्तीय योजना तथा रणनीति निर्धारण गर्ने र स्वतन्त्र सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनिसभाले पारित गर्नेछ ।
साथै सभाले आव २०७७र७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८र७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर पनि छलफल गरी पारित गर्नेछ ।
प्रतिक्रिया