भोलीसम्म कायश शेयरधनीहरुले मात्र प्राइम कमर्सियल बैंकको लाभांश पाउने

४ बर्ष अगाडि

काठमाडौं - प्राइम कमर्सियल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । 

बैंकले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजननको लागि मंसिर २२ गते बुक क्लोज गर्न भएकाले मंसिर २१ गते (भोली) सम्म कायश शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको केन्द्रिय कार्यालय कमलपोखरी काठमाडौंमा पुस ६ गते बिहान ११ बजे बस्ने गरी बस्ने गरी १४ औं वार्षिक साधारण सभा बोलाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया