एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘एनआईबिएल सहभागिता फन्ड’ ९खुलामुखी योजना० का इकाइहरु अब इकाइधनीहरुले विद्युतीय प्रणालीमार्फत खरिद गर्न पाउने भएका छन्।
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यस योजनाको हाल योजना व्यवस्थापकले आवश्यक पूर्वाधार निर्माण गरी कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पहुँचलाई इन्टरनेटका माध्यमद्वारा आमलगानीकर्ताहरुमाझ सहजै उपलब्ध गराउने उद्देश्यका साथ यस योजनाका स्वचालित विद्युतीय ९अनलाइन० कारोबार प्रणालीमार्फत खरिद तथा अन्य विभिन्न अनलाइन सुविधाहरुको व्यवस्था गर्दै आइरहेको थियो। क्यापिटलले अबोप्रान्त यस योजनाका इकाइधनीहरुले मंसिर १९ गते (आइतबार) बाट सोही विद्युतीय प्रणालीमार्फत इकाइहरुको बिक्री गर्न सक्नेसमेत जानकारी गराएको हो।
थप जानकारीका लागि एनआईबिएल एस क्यापिटलको वेबसाइट www.niblcapital.com तथा मुख्य कार्यालय (फोन नम्बर) ०१ ४४२५२८०० मा सम्पर्क गर्न सकिनेछ।
प्रतिक्रिया