प्रि ओपन सेसन : करिब ५ अंकले घटेको बजारमा ११ कम्पनीको शेयरमूल्य वृद्धि, कतिको कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबार दिन (सोमबार)प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ७२.३२ अंक घटेर २५१३.८७ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा ४.९१ अंक घटेर २५०८.९६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.२३ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा १९ कम्पनीको ६ लाख ९७ हजार ५७९ रुपैयाँ बराबरको १ हजार १४३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ११  कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ३ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया