नेपाल एयरलाइन्सद्धारा दुबई गन्तव्यमा उडान विस्तार

४ बर्ष अगाडि

काठमाडौं - राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले दुबई गन्तव्यमा उडान विस्तार गरेको छ । यसले वैदेशिक रोजगारी तथा व्यवसायलगायत विभिन्न सिलसिलामा रहेका नेपालीहरूलाई सहज हुने छ । 

दुबईमा वैदेशिक रोजगारी तथा व्यवसायलगायत विभिन्न सिलसिलामा ठूलो संख्यामा नेपाली रहेका छन् । एयरलाइन्सले दुबईमा सातामा सात उडान गर्दै आएकामा आईतवारदेखि थप दुई उडान थपेर सातामा नौ उडान भर्ने भएको हो । 

दुबई गन्तव्यमा थपिएको उडानमा सवार यात्रुलाई शुभकामना र निगम परिवारलाई हौसला प्रदान गर्न आईतवार विहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले विहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका थिए । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया