६९ लाख ५० हजारसहित एक जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ५० हजार रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौँ र महानगरीय प्रहरीवृत्त दरबारमार्गको टोलीले उक्त रकमसहित हिरोसी खनाललाई गत राति पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँकाका अनुसार काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित विइङ ह्युमन कपडा पसलमा जाँचका क्रममा रकमसहित खनाललाई पक्राउ गरेको हो ।

पक्राउ परेका खनालसँग प्रहरीले एक हजार दरका १०० वटा भएको ४९ बण्डल, रु ५०० दरको १०० वटा भएको ४१ बण्डल र नीलो रङको झोला एक थान बरामद गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया