साउदीमा गैरकानूनी कामदारलाई काम लगाउने कम्पनीलाई चर्को जरिवाना

४ बर्ष अगाडि

काठमाडौं - साउदी अरबले गैरकानूनी कामदारलाई काममा लगाउने कम्पनीलाई चर्को जरिवाना तोकेको छ । 

साउदीले जुन कम्पनीको भिसामा अर्थात स्पोन्सरशिपमा आएको हो, त्यो बाहेकको कम्पनीमा काम गरे÷गराए १ लाख साउदी रियाल जरिमाना गर्ने बताएको छ । 

गैरकानूनी कामदारलाई काम लगाउने कम्पनीको म्यानेजरलाई १ वर्ष जेल सजाय र त्यसपछि देश निकाला गर्ने नयाँ कानूनमा व्यवस्था गरिएको छ । 

त्यसरी अवैध कामदारलाई या वैध कामदारलाई अवैध तवरमा रोजगारीमा लगाउनेलाई ५ वर्षसम्म नयाँ कामदार ल्याउन नपाइने गरी प्रतिबन्ध लगाउने र त्यसरी प्रतिबन्धित भएको सूचना स्थानीय मिडियामा उक्त कम्पनीकै खर्चमा उजागर गरिने समेत जनाइएको छ ।

 
 

४ बर्ष अगाडि

प्रतिक्रिया