गरिमा विकास बैंकको १ अर्बको ऋणपत्रमा आवेदन दिने म्याद थप

४ बर्ष अगाडि

काठमाडौं - गरिमा विकास बैंक लिमिटेडले मंसिर १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक ८.७५ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ ।

बैंकले ७ वर्ष अवधिको ‘८.७५ प्रतिशत गरिमा डिबेन्चर २०८५’ निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । 

सोमध्ये ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ भने बाँकी ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ । 

सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया