काठमाडौं - ज्योति विकास बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड हिजो सार्वजनिक गरेको छ ।
बैंकका ग्राहकहरुले प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन दिई २४ घण्टा भित्रैमा भर्चुअल डलर कार्ड प्राप्त गर्न सक्ने भएका छन् ।
प्रिपेड डलर कार्ड सेवा सुरु भए संगै बैंकका ग्राहकहरुले स्वदेशमै रहेर पनि अन्तर्राष्ट्रिय ई–कमर्श, प्लाटफर्म मार्फत सुरक्षित ढंगले किनमेल गरि रकम भुक्तानी गर्न सक्नेछन् । सामाजिक सञ्जालमा गरिने भुक्तानी होस् वा विदेशी अनलाईन सपिङ प्लेटफर्ममा निश्चित सीमाभित्र रही सामान खरिद गर्न सक्नेछन् ।
बैंकले प्रत्येक नेपालीहरुलाई प्रिपेड कार्डमार्फत ग्राहकहरूले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको रकम विदेशमा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
डलर कार्ड प्राप्त गर्नका लागि केवाईसी फर्म समेत अपडेड गर्नुपर्ने बैंकले जनाएको छ । बैंकका अनुसार ज्योति विकास बैंकको प्रिपेड कार्डमा पहिलोपटक डलर लोड गर्दा निःशुल्क हुने व्यवस्था समेत गरेको जनाएको छ ।
यो सुविधा बैंकका देश भरिका १०५ वटै शाखा कार्यालयबाट उपलब्ध रहेको बैंकले जनाएको छ ।
प्रतिक्रिया