लुम्बिनी विकास बैंकद्धारा एकैदिन थप ५ शाखा बिस्तार

४ बर्ष अगाडि

काठमाडौं - लुम्बिनी विकास बैंक लिमिटेडले थप ५ शाखा बिस्तार गरेको छ । बैंकले विभिन्न ठाउँहरुमा एकै दिन ५ शाखाको शुभारम्भ गरेको हो । 

बैंकले काठमाडौं महानगरपालिका वडा ६ नयाँबानेश्वर चोक, रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ५ मणिग्राम, नवलपरासीको बर्दघाट नगरपालिका वडा न ४ बर्दघाट, दाङको घोराही उपमहानगरपालिका वडा न १५ बीपीचोक र बाँकेको कोहलपुर नगरपालिका वडा ११ साझाचोकमा शाखा संचालनमा ल्याएको हो ।

बैंकले एकै दिन थप ५ शाखा कार्यालयको शुभारम्भ गरेसँगै हाल ३० वटा जिल्लामा ७७ वटा शाखा र १७ वटा एटीएम मार्फत बैंकिङ सेवा सुविधा दिदै आइरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया