काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ३ अर्ब ५ करोड रुपैयाँको लगानी गर्ने भएको छ । बैंकको उपदान र पेन्सन कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो ।
बैंकको उपदान तथा पेन्सन कोषमा वाणिज्य बैंकहरुमा २ अर्ब ४४ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ४५ करोड ७५ लाख रुपैयाँ र फाइनान्समा १५ करोड २५ लाख रुपैयाँ मुद्दति निक्षेपमा रुपमा राखेको छ ।
मुद्दति निक्षेपका रुपमा राख्न चाहने रकम राखी मंसिर २१ गते दिउँसो ४ बजे भित्र बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेश गर्ने आग्रह गरेको छ ।
उक्त लगानी पुस १ गतेदेखि २०७९ मंसिर २९ सम्मका लागि हुने राष्ट्र बैंकले जनाएको छ
प्रतिक्रिया