नेपाल र कतारबीच १६ वर्षअघि भएको श्रम सम्झौता परिमार्जन

४ बर्ष अगाडि

काठमाडौं - नेपाल र कतारबीच १६ वर्षअघि भएको श्रम सम्झौता परिमार्जन भएको छ । लामो प्रयासपछि नेपाली कामदारहरूलाई थप सेवासुविधासहित वैदेशिक रोजगारीमा लैजान कतारी पक्ष सहमत भएको हो । 

कतारका श्रमसचिवको नेतृत्वमा नेपाल भ्रमणमा आएको एउटा टोलीले आगामी वर्षभित्रै सम्झौता परिमार्जन गरिसक्ने सहमति जनाएको र नयाँ सम्झौताको मस्यौदा बनाउन नेपाली पक्षलाई आग्रह गरेको वार्तामा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले जनाएको छ । 

सम्झौता परिमार्जन भएपछि कतार जाने नेपाली कामदारहरूले मलेशियामा जस्तै सामाजिक सुरक्षाका सुविधाहरू पाउने तथा कतार प्रहरी र त्यहाँको सुरक्षा निकायमा नेपाली नागरिकहरूलाई भर्ती हुन बाटो खुल्ने विश्वास नेपाली पक्षको छ ।

नेपाल र कतारबीच सन् २००५ मा श्रम सम्झौता भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया