काठमाडौं - आज साताको पहिलो कारोबार दिन बजार खुलेको साढे २ घण्टाको अवधिमा २२४ कम्पनीमध्ये पाँच ओटा कम्पनीमा उच्च खरीद माग रहेको छ ।
लक्ष्मी इक्विटी फण्ड, प्रभु सेलेक्ट फण्ड, सिटिजन्स म्युुचुअल फण्ड १, महालक्ष्मी विकास बैंक र सिद्धार्थ इक्विटी फण्डको कम्पनीमा उच्च खरीद माग रहेको हो । यी पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी लक्ष्मी इक्विटी फण्डको ६ लाख ६ हजार २३० इकाई खरीद माग रहेको छ ।
त्यसैगरी, प्रभु सेलेक्ट फण्डको ५ लाख ६४ हजार २२९, सिटिजन्स म्युुचुअल फण्डको ५ लाख २६ हजार २९९ इकाई, महालक्ष्मी विकास बैंकको १ लाख ८९ हजार २९५ कित्ता र सिद्धार्थ इक्विटी फण्डको १ लाख ४२ हजार ४४९ इकाई खरीद माग रहेको छ ।
प्रतिक्रिया