काठमाडौं - नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन दिने भोली अन्तिम दिन रहेको छ ।
कम्पनीले १ हजार ४९४ कित्ता संस्थापक शेयर कात्तिक १६ गतेदेखि लिलामीमा ल्याएको हो । इच्छुक आवेदकले सोमवार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । आवेदकले शेयर बोलकबोल गर्दा न्यूनतम ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया