हिमालयन र इन्भेष्टमेन्ट बैंकलाई मर्जरका लागि दिइएको समयको आज सम्म मात्र

४ बर्ष अगाडि

काठमाडौं - हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जरका लागि नेपाल राष्ट्र बैंकले दिएको समयको आज अन्तिम दिन रहेको छ । नेपाल राष्ट्र बैंकले ती दुई बैंकलाई आज सम्मका लागि मर्जरका लागि अन्तिम समय दिएको थियो ।

तर, थपेको म्यादमा पनि उक्त बैंकबीच मर्जर हुन सकेन । दुई बैंक मर्जरका लागि पहिलो पटक थपिएको म्यादको अबधी समाप्त भएपनि मर्जरका लागि कुनै पहल नगरेको राष्ट्र बैंक स्रोतको भनाइ छ ।

आइतबार म्याद सकिएपनि पछि म्याद त थप्न सकिन्छ । तर, उनीहरुले मर्जरका लागि चासो नदेखाएको स्रोतको भनाइ छ । नेपालका दुई ठूला हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच गत बैशाख ३० मर्जरमा जाने सम्झौता भएको थियो । 

यी दुई बैंकबीच मर्जरमा जाने सम्झौता भएको पनि ७ महिना भएको छ । तर, यति लामो समयसम्म पनि यी दुई बैंकबीच मर्जरमा जाने गरी अन्तिम तयारीमा पुगेका छैन् ।

नेपाल राष्ट्र बैंकले यी दुई बैंक मर्जरमा जानका लागि सम्झौता भएको १५/२० दिनमा नै एलओआई दिएको थियो । बैशाख ३० गते मर्जरमा जाने सम्झौता गरेका ती दुई बैंकलाई राष्ट्र बैंकले जेठ महिनामा नै एलओआइ दिएको थियो । 

पहिलो एलओआइ दिएको समय सीमा असोज पहिलो साता सकिएको थियो । तर, उक्त समय सीमा भित्र पनि मर्जरमा जान नसक्ने अवस्था आएपछि पुनः दुवै बैंकका सञ्चालक समितिले राष्ट्र बैंकलाई मर्जरको म्याद थपिदिन आग्रह गरेका थिए ।

हिमालयन र इन्भेष्टमेन्ट बैंकको आग्रहमा केन्द्रीय बैंकले मंसिर १९ सम्म मर्जरमा जानका लागि समय थपिएको थियो । तर, थपिएको समयसम्ममा पनि मर्जर हुने सम्भावना देखिएकै छैन् । मर्जरमा जान दुवै बैंकले पहल गरिहेका छैनन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया