काठमाडौं - साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको एक घण्टाको अवधिमा न्यादी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबारमा आएका १७६ ओटा कम्पनीमध्ये उक्त कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४५४ दशमलव ४० पुगेको छ ।
प्रतिक्रिया