काठमाडौं - नेपाल बैंक लिमिटेडले प्रस्ताव गरेको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने मंसिर २० गते सोमवार अन्तिम दिन रहेको छ ।
बैंकले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
बैंकले पुस २ गते ६२औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरिएको छ ।
उक्त साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २१ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा बैंकका लाभांश प्राप्त गर्न र सभामा भाग लिनका लागि मंसिर २० गतेसम्म कायम शेयरधनीहरु मात्र योग्य हुने भएका हुन ।
प्रतिक्रिया