भारतले क्रिप्टोकरेन्सीलाई नियमन गर्ने

४ बर्ष अगाडि

एजेन्सी - भारतले क्रिप्टोकरेन्सीलाई नियमन गर्ने तयारी गरेको छ । भारत सरकारले त्यहाको संसदमा यस सम्बन्धि विधयेक दर्ता गराएको हो ।

विधयेकमा हाल शेयर बजारको नियमन गरिरहेको सेक्युरिटी एण्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबि) लाई नै क्रिप्टोको नियमनको जिम्मा दिने प्रस्ताव गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । 

प्रस्ताव अनुसार सेबिले क्रिप्टोको खरीद बिक्रिको लागि छुट्टै एक्सचेन्ज संचालन गर्ने छ सोहि एक्सचेन्जमा मात्र क्रिप्टो खरीद बिक्रि गर्न सकिने छ ।

विधयेकमा ब्यबस्था भए अनुसार भारतीय नागरिकले विदेशको एक्सचेन्जमा क्रिप्टो खरीद बिक्रि गर्न पाउने छैनन् । साथै कुनै पनि क्रिप्टो वालेटमा भण्डार गर्न पाइने छैन ।

यदि कोहिले सो एक्सचेन्ज भन्दा बाहिर गएर क्रिप्टो खरीद बिक्रि गरेमा ५ देखि २० करोडसम्मको जरिवाना हुने सक्ने उल्लेख छ ।

क्रिप्टोलाई नियमन गर्नको लागि भारतले त्यहाँको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धि हालको कानुन पनि संशोधन गर्ने तयारी गरेको छ  ।

४ बर्ष अगाडि

प्रतिक्रिया