गत साता घटेको नेप्से, यो साता कस्तो रहला ?

४ बर्ष अगाडि

काठमाडौं - गत साता नेप्से परिसूचक करिब साढे ५ प्रतिशत घटेको थियो । अघिल्लो साता २७३१.७८ विन्दुमा बन्द भएको नेप्से, गत साता ५.३३ प्रतिशत अर्थात १४५.५९ अंक घटेर २५८६.१९ विन्दुमा बन्द भएको थियो ।

यस अनुसार यस साता नेप्से उकालो लागेमा २८०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा २४०० विन्दुमा टेवा पाउने देखिन्छ ।

गत साता साप्ताहिक मैनबत्तीमा नेप्सेले बियरिश मारुबोजु मैनबत्ती बनाएको छ । यसले बजारमा खरिदकर्ताहरुमाथि बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ ।

गत साता नेप्सेको ५ दिने इएमए २० दिने इएमएभन्दा तल रहेको छ । यसले बजार बियरिश मुडमा रहेको संकेत गर्दछ । गत साता नेप्सेको आरएसआई ३४.१६ स्केलमा पुगेको छ । यसले बजारमा खरिदकर्ताभन्दा बिक्रीकर्ता बलियो रहेको संकेत गर्दछ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया