सिभिल बैंकले ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने, कहिलेबाट ?

४ बर्ष अगाडि

काठमाडौं - सिभिल बैंकले मङ्सिर २४ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले १ हजार अंकित दरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो  । 

जस मध्ये १८ लाख कित्ता निजि तबरले बिक्रि गरिने र १२ लाख कित्ता सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ । सर्वसाधारणलाई छुट्याईएको १२ लाख कित्ता मध्ये ६० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । ऋणपत्र निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

यस ऋणपत्रमा छिटोमा मङ्सिर २८ गतेसम्म र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा पुस ९ गतेसम्ममा आवेदन दिन सकिने छ । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०।२५ प्रतिशत ब्याज प्रदान गर्ने छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असोज २४ गते ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको हो । 

बैंकले ऋणपत्रको लागि  नागरिक लगानी कोष, ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल र माछापुच्छ्रे कृती क्यापिटललाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ  । 

४ बर्ष अगाडि

प्रतिक्रिया