मलेसिया ट्रान्जिट भई यात्रा गर्नेलाई उच्च सतर्कता अपाउन आग्रह, २६ देशलाई बन्देज

४ बर्ष अगाडि

काठमाडौं - मलेसियास्थित नेपाली दूतावासले मलेसिया ट्रान्जिट भई यात्रा गर्ने सबैलाई गन्तव्य मुलुकमा प्रवेश सम्बन्धी सम्पूर्ण कागजात तथा पछिल्लो नियमहरुको जानकारी राखेर मात्र यात्रा  आग्रह गरेको छ । 

यस्तै मलेसिया ट्रान्जिटका क्रममा केही समस्या भएमा दूतावासको हटलाइनमा सम्पर्क गर्न पनि आग्रह गरेकोे छ । दक्षिण अफ्रिका हुँदै कोरोनाको ओमिक्रोन भेरियन्ट संसारका विभिन्न मुलुकहरुमा फैलँदै गएको छ । 

हालसम्म नेपाली कामदार कार्यरत मलेसिया, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स लगायतका मुलुकहरुमा नयाँ भेरियन्टको संक्रमित फेला परेपछि यात्रामा उच्च सतर्कता अपनाइएको छ । 

मलेसियाले २६ वटा देशबाट आउन बन्देज लगाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया