ओमिक्रोनका कारण जापान जान मलेसिया रोकिए ३६ मध्ये ३४ नेपाली फर्काइयो

४ बर्ष अगाडि

काठमाडौं - नेपालबाट मलेसिया हुँदै जापान जानका निम्ति क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट बनाएका ३४ नेपाली फर्काइएका छन् । 

जापानले कोरोनाको ओमिक्रोन भेरियन्ट देखिएपछि अन्तर्राष्ट्रिय उडानमा कडाइ गरेकोे थियोे । उडान सम्बन्धी नियमहरुमा परिवर्तन गरिएको कारण जापान जान रोकिएका ३६ नेपालीमध्ये ३४ जना  नेपाल फर्किएको र २ जना मलेसियास्थित नेपाली दूतावासको पहलमा जापान जान पाएका छन् ।

 नेपाल फर्काइएकाहरु हिमालय एयरलाइन्स र मालिन्दो एयरलाइन्सबाट काठमाडौं आइपुग्ने बताइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया