‘द बेस्ट’ फिफा अवार्डको ‘पावर र्‍याङकिङ’ सार्वजनिक, पहिलो नम्बरमा को ?

४ बर्ष अगाडि

काठमाडौं - विश्व फुटबलको सर्वोच्च संस्था फिफाले दिने ‘द बेस्ट फिफा अवार्ड’ को हुन घोषणा  लागेको छ । यो अवार्ड आगामी जनवरी १७ तारिखमा घोषणा हुँदैछ ।

यसपटक यो अवार्डको छनौट विभिन्न तीन आधारमा गरिने फिफाले नै बताइसकेको छ । विभिन्न चार पक्षले फिफा बेस्ट अवार्डका लागि भोट दिने व्यवस्था छ ।

गत वर्ष यो अवार्ड बार्यनका लेवान्डोस्कीले जितेका थिए । यसपटक पनि उनी मुख्य दाबेदार रहेका छन् । साथमा, यस वर्षको बालोन डिओर विजेता मेस्सी, चेल्सीका जर्जिन्हो, स्पेनिस क्लब रियल मड्रिड तथा फ्रान्सका फरवार्ड करिम बेन्जेमा पनि एक दाबेदार रहेका छन् । 

इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहमद सालाह पनि यो फिफा अवार्डको दौडमा रहेका छन् । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड तथा पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोको नाम पनि चर्चामा छ ।

यसैक्रममा, फुटबलको चर्चित वेबसाइट ‘गोल’ले फिफा अवार्डका लागि ‘पावर र्‍याङकिङ’ सार्वजनिक गरेको छ । फिफाले यो अवार्ड दिनका लागि तय गरेका तीन फरक–फरक आधारमा मूल्यांकन गरी ‘गोल’ले वरीयता सार्वजनिक गरेको हो । 

द बेस्ट फिफा बेस्ट अवार्डमा बार्यनका लेवान्डोस्की सबैभन्दा मुख्य दाबेदार देखिएका छन् । वरीयतामा उनी पहिलो स्थानमा छन् । फिफाको भोटिङ आधार र ढाँचाका आधारमा पनि लेवान्डोसकी यो अवार्डमा नम्बर १ दाबेदार हुन् ।

त्यसपछि दोस्रो स्थानमा चेल्सी तथा इटालीका मिडफिल्डर जर्जिन्हो रहेका छन् । यस वर्ष युरो कप, च्याम्पियन्स लिग सहितका ठूला प्रतियोगिता जितेका उनलाई एक बलिया दाबेदार मानिएको छ । यस वर्षको बालोन डिओर विजेता पिएसजीका मेस्सी फिफा बेस्ट अवार्डका लागि ‘गोल’को वरीयतामा तेस्रो स्थानमा रहेका छन् । मेस्सीले यस वर्ष अर्जेन्टिनाबाट कोपा अमेरिका जितेका थिए । 

वरीयताको चौथो स्थानमा स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जेमा रहेका छन् । उनले यो वर्ष फ्रान्सबाट युईएफए नेसन्स लिगको उपाधि जित्दै व्यक्तिगत रूपमा शानदार प्रदर्शन गरिरहेका छन् । 

पाँचौं स्थानमा म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डो रहेका छन् । उनले यस वर्ष दुई उपाधि जितेका छन् भने यस वर्ष युरो कपको गोल्डेन बुट जिते । अन्तर्राष्ट्रिय फुटबलमा उनका लागि वर्ष २०२१ कीर्तिमानी वर्ष बनिरहेको छ भने क्लब फुटबल पनि उनका लागि गजब भइरहेको छ ।

  1. रोवर्ट लेवान्डोस्की (बार्यन म्युनिख–पोल्यान्ड)
  2. जर्जिन्हो (चेल्सी–इटाली)
  3. लिओनल मेस्सी (पिएसजी– अर्जेन्टिना)
  4. करिम बेन्जेमा (रियल मड्रिड–फ्रान्स)
  5. क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड–पोर्चुगल)
  6. मोहमद सालाह (लिभरपुल–इजिप्ट)
  7. एन्गोलो कान्टे (चेल्सी–फ्रान्स)
  8. केलियन एमबाप्पे (पिएसजी–फ्रान्स)
  9. केभिन डे ब्रुयाने (म्यानचेस्टर सिटी–बेल्जियम)
  10. अर्लिङ हल्यान्ड (बोरुसिया डर्टमुन्ड–नर्वे)
४ बर्ष अगाडि

प्रतिक्रिया