काठमाडौं - चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकहरुले घर जग्गा क्षेत्रमा क्षेत्रमा १२ अर्ब बढि कर्जा दिएका छन्।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुले यस क्षेत्रमा १ खर्ब ७१ अर्ब ४१ करोड रुपैयाँ लगानी गरेका छन् । गत वर्षको अन्त्यसम्ममा यस्तो लगानी १ खर्ब ५९ अर्ब रुपैयाँ थियो ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा नै बैंकहरुको यस्तो कर्जा १२ अर्ब रुपैयाँले बढाएका हुन् । बैंकहरुले गत एक महिनामा नै यस्तो कर्जा ३ प्रतिशतभन्दा धेरैले बढाएका छन् ।
भदौ अन्तिमसम्ममा १ खर्ब ६५ अर्ब ६४ करोड रुपैयाँ कर्जा रियल स्टेट क्षेत्रमा लगानी गरेका बैंकहरुले एक महिनामा यस्तो कर्जा ५ अर्ब ७७ करोड रुपैयाँले बढाएका हुन् ।
अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकहरुले रियल स्टेट क्षेत्रमा १ खर्ब ४१ अर्ब रुपैयाँ मात्रै लगानी गरेका थिए । एक वर्षको अवधिमा यस्तो कर्जा १२.५२ प्रतिशतले बढेको थियो ।
प्रतिक्रिया