इच्छाराज सहित ४३ जनाबिरुद्द अदालतमा मुद्दा दर्ता, तामाङ भन्छन् 'बचतकर्तालाई रकम फिर्ता दिने दायित्व मेरो होइन'

४ बर्ष अगाडि

काठमाडौं - ठगीको आरोपमा गत असोज १८ गते पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ बिरुद्द अदालतमा मुद्दा दर्ता भएको छ । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा मुद्दा दायर भएको हो । 

जिल्ला सरकारी वकिल कार्यालयले तामाङसहित ४३ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो । तामाङविरुद्ध ८ वर्ष कैद सजाय र बिगो बापत ५ अर्ब ५९ करोड रुपैयाँ जरिवाना मागदाबी गरिएको छ । 

तामाङलाई गत असोज १८ गते प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको थियो । एउटा ऋणीको रुपमा मात्र नभई सहकारी ऐनले कसुर गरेको मानिने क्रियाकलाप गरेकाले तामाङलाई अनुसन्धानका लागि नियन्त्रणमा लिईएको हो । उनी विरुद्द बिभिन्न ६ वटा आरोपहरु लागेका छन् । 

तामाङले भने ठगीमा परेका बचतकर्तालाई रकम फिर्ता दिने दायित्व आफ्नो नभएको बयान सरकारी वकिल कार्यालयलाई दिएका छन् । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया