सनराइज बैंक साधारण सभा पुस १५ गते, पुस २ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने

४ बर्ष अगाडि

काठमाडौं - सनराइज बैंकले साधारण सभा बोलाएको छ । बैंकले पुस १५ गते बिहिबार बालुवाटार स्थित आम्रपालि ब्यान्क्वेटमा सभा आह्वान गरेको हो । 

सभामा आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.३५ प्रतिशत नगद लाभांश गरि कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  

बैंकले साधारण सभा प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया