काठमाडौं - रिलायन्स लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ। कम्पनीले पुस ११ गतेका लागि साधारण सभा बोलाएको हो ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हेन छन् । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५.२६३२ प्रतिशतले हुन आउने ११ करोड ५ लाख २७ हजार २ सय रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
जस मध्ये ५ प्रतिशतले हुन आउने १० करोड ५० लाख नगद लाभांश र ०.२६३२ प्रतिशतले हुन आउने ५५ लाख २७ हजार २ सय कर प्रयोजनको लागि रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २४ गते कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
प्रतिक्रिया