सापटी रकमको दोब्बर फिर्ता दिने आश्वासनमा एक करोड २२ लाख ठगी, दुई जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - सापटी दिएको रकम केही दिनको अन्तरालमा दोब्बर दिने आश्वासनप्रति विश्वास गर्दा नेपाली नागरिक करोडौँ रकम ठगिन पुगेका छन् ।

परिवार र नातागोतामा समेत यसरी सापटी रकम दोब्बर दिन्छु भन्दा पत्याउन गाह्रो हुने अवस्थामा चिन्दै नचिनिएका र कहिलै भेटघाट नभएका मान्छेप्रति कसरी विश्वास गर्न सकिएको होला यस्तै घटना हुँदा एक करोड २२ लाख ठगिन पुगेको रहस्य प्रहरीले पत्ता लगाएको छ ।

यसरी ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ समेत परेका छन् । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१० का ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौँ महानगरपालिका–१३ ताहाचलका २८ वर्षीय रोजन भुजेल छन् । 

उनीहरुलाई विभिन्न मितिमा काठमाडौँबाट पक्राउ गरी कानूनी कारबाही थालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया