यो साता ५ प्रतिशतले घट्यो नेप्से परिसूचक, ३ अर्ब ८१ करोडको शेयर कारोबार

४ बर्ष अगाडि

काठमाडौं - यो साता नेप्से परिसूचक करिब साढे ५ प्रतिशत घटेको छ । अघिल्लो साता २७३१.७८ विन्दुमा बन्द भएको नेप्से यो साता ५.३३ प्रतिशत अर्थात १४५.५९ अंक घटेर २५८६.१९ विन्दुमा बन्द भएको छ ।

यो साता सेन्सेटिभ इण्डेक्स २८.१२ अंक घटेर ४८७.५२ विन्दुमा झरेको छ भने फ्लोट इण्डेक्स १०.०२ अंक घटेर १७८.३३ विन्दुमा र सेन्सेटिभ फ्लोट इण्डेक्स ९.२८ अंक घटेर १५८.४८ विन्दुमा झरेको छ।

साथै नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा ४ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएकोमा यस साता दैनिक औषतमा ३ अर्ब ८१ करोडको शेयर कारोबार भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबाररकम ६.८५ प्रतिशत घटेको हो ।

कारोबार रकम घटेपनि यस साता औषत शेयर संख्या भने बढेको छ । गत साता दैनिक औषतमा ७५ लाख कित्ता शेयर किनबेच भएकोमा यस साता ७९ लाख कित्ता शेयर खरिदबिक्री भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया