काठमाडौं - यो साता विभिन्न सात कम्पनीको सेयर मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समायोजन भएको छ । एक कम्पनीको ऋणपत्र र छ कम्पनीको बोनस पछिको सेयर मूल्य समायोजन भएको हो ।
१. ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ३३२ रुपैयाँ निर्धारण गरेको छ । नेप्सेले बैंकको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । सभा प्रयोजनका लागि यसले आज सोमबार मंसिर १३ गते बुक क्लोज गरेको छ ।
गत वर्षको नाफाबाट बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र करसहित ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश हुनेछ ।
२. मुक्तिनाथ विकास बैंक लिमिटेड
मुक्तिनाथ विकास बैंक लिमिटेडको सेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ ।
बैंकको १७।५७५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ५ सय ७१ रूपैयाँ ६४ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ६ सय ७२ रुपैयाँ १० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।
३. नबिल बैंक लिमिटेड
नबिल बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । नेप्सेका अनुसार '८५ नबिल डिबेन्चर २०८५' को २२ लाख ७ हजार एक सय ८ कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो ।
बैंकले साउन १० गते आईतबारबाट साउन २४ गते, आईतबारसम्म ७ वर्ष अवधिको ८ प्रतिशत व्याजदर रहेको '८५ नबिल डिबेन्चर २०८५' नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।
४. महिला लघुवित्त वित्तीय संस्था लिमिटेड
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ ।
संस्थाको ४७.५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ हजार ६ सय ५८ रूपैयाँ ९८ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५ हजार ३ सय ९७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
५. एभरेष्ट बैंक लिमिटेड
एभरेष्ट बैंक लिमिटेडको ६ प्रतिशत बोनस सेयर पछि नेप्सेमा सेयर मूल्य समायोजन भएको छ ।
बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ४.३२ प्रतिशत नगद गरी कुल १०.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
बैंकको बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ५ सय ५० रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ५ सय ८३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
६. शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको १०.९३ प्रतिशत बोनस सेयर पछि नेप्सेमा सेयर मूल्य समायोजन भएको छ ।
बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १०.९३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५७ प्रतिशत नगद गरी कुल ११.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
बैंकको बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ४ सय ३ रूपैयाँ ८६ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ४ सय ४८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
७. सबैको लघुवित्त वित्तीय संस्था
सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नेप्सेमा समायोजन भएको छ । कम्पनीको ३१.०५ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो ।
संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३१.०५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.६३ प्रतिशत नगद गरी कुल ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
संस्थाको बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार ५ सय ४ रूपैयाँ १ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य १ हजार ९ सय ७१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
प्रतिक्रिया