संरक्षण र दिगो विकासको लागि सार्वजनिक–निजी–सामुदायिक साझेदारी

४ बर्ष अगाडि

काठमाडौं - डिसेम्बर २, २०२१ मा ICIMOD डाबर नेपाल प्रा. लि. र तालकोल्ला CFUG को बिच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

श्री पेमा ग्याम्त्सो, प्रबन्ध निर्देशक ICIMOD र श्री हरकीरत सिंह बेदी, बिजिनेस प्रमुख, डाबर (नेपाल र म्यानमार) ले MOU मा हस्ताक्षर गरेका छन् । श्री बसन्त राज श्रेष्ठ, निर्देशक रणनीतिक सहयोग, , ICIMOD र श्री अरविन्द राना, प्रमुख–मेडिसिनल प्लान्ट, डाबर नेपाल उक्त अवसरमा उपस्थित थिए ।  

यस पहलको उद्देश्य नेपालको बैतडी जिल्लामा बहुपक्षीय साझेदारीको सदुपयोग गरी वन र आर्थिक उत्पादकत्व बढाएर जीविकोपार्जन र संरक्षणको परिणाम हासिल गर्नु रहेको छ । 
भौगोलिक र हावापानीका हिसाबले बैतडी जिल्लामा टिमुर खेतीको राम्रो सम्भावना छ ।

यही सम्भाव्यताको आधारमा तालकोल्ला सामुदायिक वन प्रयोगकर्ता समूह (CFUG), डाबर नेपाल प्रा. लि. र ICIMOD ले बैतडी डिभिजन वन कार्यालयको सहयोगमा पाँच वर्षको अवधिमा २५,००० टिमुरको बिरुवा रोप्न सहकार्य गर्दैछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया