काठमाडौं - बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेको हो ।
अब उप्रान्त कम्पनीको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू सिद्धार्थ क्यापिटल लिमिटेड मार्फत हुनेछ ।
प्रतिक्रिया