काठमाडौं - सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नेप्सेमा समायोजन भएको छ । कम्पनीको ३१।०५ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो ।
संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३१।०५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.६३ प्रतिशत नगद गरी कुल ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
संस्थाको बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार ५ सय ४ रूपैयाँ १ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य १ हजार ९ सय ७१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
प्रतिक्रिया