एभरेष्ट बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयर मूल्य नेप्सेमा समायोजन, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा आज एभरेष्ट बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन भएको छ । उक्त बैंकहरुको लाभांश पछि सेयर मूल्य समायोजन भएको हो । 

एभरेष्ट बैंक लिमिटेड
एभरेष्ट बैंक लिमिटेडको ६ प्रतिशत बोनस सेयर पछि नेप्सेमा सेयर मूल्य समायोजन भएको छ । 

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ४.३२ प्रतिशत नगद गरी कुल १०.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
 
बैंकको बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ५ सय ५० रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ५ सय ८३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको २७औं वार्षिक साधारण सभा पौष १ गते एभरेष्ट बैंक लिमिटेडको केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा बिहान ११ः३० बजेदेखि सुरू हुनेछ । 

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको १०.९३ प्रतिशत बोनस सेयर पछि नेप्सेमा सेयर मूल्य समायोजन भएको छ । 

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १०.९३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५७ प्रतिशत नगद गरी कुल ११.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

बैंकको बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ४ सय ३ रूपैयाँ ८६ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ४ सय ४८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको १३औं वार्षिक साधारण सभा मंसिर २९ गते महाराजा रिसोर्ट, बुटवल, रूपन्देहीमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया