काठमाडौं, मःम विश्वकै लोकप्रिय र स्वादिष्ट खान्कीका रुपमा सूचीकृत भएको छ।
मःमलाई सीएनएनले विश्वकै स्वादिष्ट खानामा सूचीकृत गरेको हो।
नेपालका पाँचतारे होटलदेखि लिएर सडकका ठेलाहरुसम्म मःम पाइने गर्छ। नेपाली मःमको पारखी नेपालीमात्रै नभएर विदेशी पर्यटकसमेत छन्। विदेशी पर्यटकको रोजाइमा समेत नेपाली मःम पर्ने गर्दछ।
सीएनएनले नेपाल, तिब्बत, चीन र उत्तर भारतमा पाइने मःमसहित विश्वका अन्य देशहरुमा पाइने ३५ वटा स्वादिष्ट डम्पलिङको सूची तयार गरेको छ। अमेरिकालगायतका अन्य देशहरुमा मःमलाई डम्पलिङ भन्ने गरिन्छ।
सीएनएनको सूचीमा इटली, चीन, टर्की, अमेरिका, ताइवान र युरोपलगायतका खान्कीहरुले स्थान बनाएका छन्।
प्रतिक्रिया