काठमाडौं, पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ९५११ पीसीआर परीक्षणमा १८९२ एन्टिजेन परीक्षणमा गरी कुल ११४०३ जनाको परीक्षणमा ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २०१ जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका छन । योसंगै मुलुक भर ८ लाख ३ हजार ३६९ संक्रमण मुक्त भइसेकका छन् ।
यस्तै कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । हाल देशभर ११ हजार ५३५ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६ हजार ४५ रहेको छ ।
प्रतिक्रिया