महालक्ष्मी विकास बैंकसहित यी १० कम्पनीको उच्च कारोबार, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं, बिहीबार महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको छ । 

आज सर्वाधिक कारोबार हुने पहिलो नम्वरको सूचिमा महालक्ष्मी विकास बैंक परेको छ । सो बैंकको १२ करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । दोस्रो स्थानमा हिमालयन डिस्टिलरी रहेको छ । सो कम्पनीको आज ११ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ ।

तेस्रो स्थानमा नेशनल हाईड्रोपावर कम्पनी रहेको छ । सो कम्पनीको आज एकै दिन १० करोड ९७ लाख रुपैयाँ शेयर कारोबार भएको छ । चौथो नम्वरमा नेपाल टेलिकम रहेको छ । सो कम्पनीको आज नौ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । पाँचौं स्थानमा नबिल बैंक परेको छ । सो बैंकको नौ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, छैटौंं स्थानमा परेको एनआईसी एसिया बैंकको नौ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सातौं स्थानमा रहेको आठ करोड ५४ लाख, आठौं स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको आठ करोड २३ लाख, महिला लघुवित्त सात करोड ७० लाख र दशौं स्थानमा हाईड्रोइलेक्ट्रीसिटीको छ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया