नक्कली ‘युरेनियम’ देखाएर २ करोड ठग्न खोज्ने पक्राउ, १२ सय ग्रामको ढुंगा बरामद

४ बर्ष अगाडि

काठमाडौं - नक्कली ‘युरेनियम’ देखाएर ठग्न खोजेको आरोपमा महानगरीय अपराध महाशाखाले ३ जना युवकलाई पक्राउ गरेको छ । 

१२ सय ग्रामको दुईवटा ढुंगाजस्तो देखिने वस्तु देखाएर उनीहरुले ठग्न खोजेको अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–६ घर भएका ३१ वर्षीय प्रदिप घिमिरे, राजेन्द्र परियार र काठमाडौंको तारकेश्वर नगरपालिका स्थित फुटुङ घर भएका २६ वर्षीय रञ्जित कार्की छन् ।

उनीहरुको साथबाट कालो र सेतो मिसिएको १२ सय ग्रामको ढुंगा बरामद गरिएको एसपी पंगेनीले बताए । आरोपीहरुले युरेनियम भनेर सो ढुंगालाई २ करोडमा बेच्न लागेको सुराक पाएपछि प्रहरीले पिछा गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया