काठमाडौं- साताको चौथो कारोबारको दिन (बुधबारए उच्च कारोबार गर्नेमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५८) पहिलो स्थानमै छ। नासाले हिजो २४ करोड रुपैयाँबराबरको शेयर खरिद गरेको छ भने १७ करोड ७८ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
दोस्रो स्थानमा उच्च कारोबार गर्नेमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४५) छ। यो ब्रोकरले १३ करोड १० लाख रुपैयाँबराबरको शेयर खरिद गरेर १४ करोड ८८ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
तेस्रोमा सनी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४२) छ। सनीले ११ करोड ६५ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ। आज सनीले १२ करोड ३४ लाख रुपैयाँबराबरको शेयर बिक्री गरेको छ।
अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४९) चौथो स्थानमा छ। यो ब्रोकरले आज ११ करोड ४२ लाख रुपैयाँबराबरको शेयर खरिद गर्दै १२ करोड ३७ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
पाँचौँ स्थानमा श्रीकृष्ण सेक्युरिटिज (स्टक ब्रोकर नम्बर २८) रहेको छ। श्रीकृष्णले ७ करोड ३२ लाख रुपैयाँको शेयर खरिद गरेर १४ करोड ३६ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
भिजन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३४) आज छैटौँ स्थानमा छ। आज भिजनले १० करोड ४५ लाख रुपैयाँबराबरको शेयर खरिद गर्दै ७ करोड ५४ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
आर्यतार सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५७) ९ करोड ८१ लाख रुपैयाँबराबरको खरिद गर्दै सातौँ स्थानमा छ। अर्यातारले आज ८ करोड २७ लाख रुपैयाँबराबरको शेयर बिक्री गरेको छ।
दिपशिखा धितोपत्र कारोबार कम्पनी (स्टक ब्रोकर नम्बर ३८), कोहिनुर इन्भेस्टमेन्ट सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३५) र नेपाल स्टक हाउस (स्टक ब्रोकर नम्बर १४) क्रमशः आठौँ, नवौँ र दसौँ स्थानमा छन्।
दिपशिखाले आज ८ करोड रुपैयाँबराबरको खरिद गरेर ९ करोड ११ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। कोहिनुरले ५ करोड ७० लाख रुपैयाँबराबरको खरिद गरेको छ भने ८ करोड २० लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
नेपाल स्टक हाउसले भने ६ करोड ४० लाख रुपैयाँबराबरको शेयर खरिद गर्दै ७ करोड ४१ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
नागरिक स्टक डिलरले आज १ करोड २० लाख रुपैयाँबराबरको शेयर खरिद गरेको छ भने ६७ हजार ६०० रुपैयाँको मात्रै बिक्री गरेको छ।
प्रतिक्रिया