मतदाता नामावली दर्ता गर्न आफ्नै जिल्ला जानु नपर्ने भएको छ । निर्वाचन आयोगले आफू बसेको ठाउँबाटै नामावली दर्ता गर्न सकिने व्यवस्था गरेपछि आफ्नै गृहजिल्ला पुग्ने बाध्यता हटेको हो ।
बुधवार काठमाडौंमा निर्वाचन पर्यवेक्षण समितिले आयोजना गरेको निर्वाचनसँग सम्बन्धित समसामयिक विषयहरुमा गरिएको अन्तक्र्रियामा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मंसिर १७ गतेदेखि नामावली दर्ता शुरु हुने बताए ।
७७ वटा जिल्ला निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयबाट जुनसुकै समयमा पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको पनि प्रमुख आयुक्त थपलियाले बताए ।
त्यस्तै सम्बन्धीत स्थानीय तहका बासिन्दाका लागि पनि आफ्नै पालिका कार्यालयमा नामावली दर्ता शिविर सञ्चालन हुने उनले जानकारी दिए ।
प्रतिक्रिया