काठमाडौं - नबिल बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचिकृत भएको छ । नेप्सेका अनुसार '८५ नबिल डिबेन्चर २०८५' को २२ लाख ७ हजार एक सय ८ कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो ।
बैंकले साउन १० गते आईतबारबाट साउन २४ गते, आईतबारसम्म ७ वर्ष अवधिको ८ प्रतिशत व्याजदर रहेको '८५ नबिल डिबेन्चर २०८५' नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।
जसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको हो ।
प्रतिक्रिया