काठमाडौं - सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले एमविबीएस प्रथम वर्षमा अध्ययनरत प्रदेशभित्रका दलित, आदिवासी जनजाति, सीमान्तकृत, लोपोन्मुख समुदाय तथा पिछडिएको क्षेत्र र जेहन्दार विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
आर्थिक वर्ष २०७८/७९ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार चिकित्सा शिक्षा आयोगबाट सञ्चालित एमबिबीएस प्रवेश परीक्षा उत्तीर्ण गरी स्वदेशभित्रका विश्वविद्यालय वा चिकित्साशास्त्र अध्ययन प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिइने भएको हो । मन्त्रालयका शाखा अधिकृत जयदेव महराका अनुसार प्रतिविद्यार्थी रु १० लाखका दरले नौ जनालाई छात्रवृत्ति उपलव्ध गराइने छ ।
छात्रवृत्तिका लागि आगामी पुस १२ गतेसम्म आवेदन दिनका लागि समयसीमा निर्धारण गरिएको छ । छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थीले एकीकृत छात्रवृत्ति व्यवस्थापन निर्देशिका, २०७६ ९पहिलो संसोधन०को अनुसूची ४ को ढाँचामा निवेदन र अनुसूची १० बमोजिम कबुलियतनामा दिनुपर्ने छ ।
प्रतिक्रिया