काठमाडौं, साताको चौथो कारोबार दिन बुधवार सामलिङ्ग पावर र न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
ती दुबै कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.४६१.४० र न्यादी हाइड्रोपावरको शेयरमूल्य रू.३७५.६० पुगेको छ ।
ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।
प्रतिक्रिया