नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद शेयरका लागि बुक क्लोजको मिति तय, कहिले ?

४ बर्ष अगाडि

काठमाडौं0नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले निष्कासन गर्न लागेको शतप्रतिशत हकप्रद शेयरका लागि बुक क्लोजको मिति तय गरेको छ।

बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ यही मंसिर २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ यो बैंकको हकप्रद भर्न योग्य हुन मंसिर २३ गतेसम्म यो बैंकको सेयरधनी कायम भइसक्नुपर्नेछ। 

यो बैंकले १ः१ अनुपातमा हकप्रद निष्कासन गर्नेछ। जसअनुसार बैंकले १०० अंकित दरका कुल १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद जारी गर्नेछ। 

नारायणी डेभलपमेन्ट बैंकलाई नेपाल धितोपत्र बोर्डले गत मंसिर ३ गते हकप्रद निष्कासनको अनुमति दिएको थियो।

४ बर्ष अगाडि

प्रतिक्रिया