विमानस्थलमा निःशुल्क बस सेवा सुरु, पर्यटन मन्त्री आले गरे यात्रुवाहक माइक्रोबसमा यात्रा

४ बर्ष अगाडि

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा यात्रा गरेका छन् । 

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुवाहक बस सेवा शुभारम्भ कार्यक्रममा अरु यात्रुसँगै उनले यात्रा गरेका हुन् । 

रिवन काटेर सेवाको उद्घाटना गरेका मन्त्री प्रेम आले यात्रुले भरिएको माइक्रो बसमा बसेर विमानस्थलको गोल्डेन गेटसम्मको यात्रा गरेका हुन् । 

विमानस्थलको आन्तरिक हवाइ सेवाका यात्रुलाई विमानस्थलबाट निःशुल्क बस सेवा सुरु गरिएको हो । विमानस्थलभित्र ट्याक्सीले चर्को शुल्क असुलेर यात्रुलाई दुःख दिएपछि नागरिक उड्ययन प्राधिकरणले निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया