काठमाडौं,मेगा म्युचुअल फन्डअन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड १ को कात्तिक महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।
कोष प्रवर्द्धक मेगा बैंक र योजना व्यवस्थापक मेगा क्यापिटल मार्केट्स रहेका यस योजनाको कात्तिकमा प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) बढेर १०.११ रुपैयाँ पुगेको छ। गत असोजमा न्याभ ९.९९ रुपैयाँ रहेको थियो।
यस फण्डले कात्तिकसम्म सूचीकृत शेयरमा ३० करोड ११ लाख रुपैयाँ बढी लगानी गरेको छ। असोजसम्म सूचीकृत शेयरमा २१ करोड ५५ लाख रुपैयाँमात्र थियो। सूचीकृत नभएका शेयरमा पनि यस फण्डले १ करोड ५ लाख रुपैयाँ बढीको लगानी गरेको छ।
यस योजनाको कात्तिकसम्म कुल लगानी भने ४३ करोड ६६ लाख रुपैयाँ पुगेको छ। असोजसम्म कुल लगानी ३५ करोड ७ लाख रुपैयाँ रहेको थियो।
योजना व्यवस्थापकका अनुसार यो फण्डले ११ वटा वाणिज्य बैंक, ४ वटा विकास बैंक, एउटा फाइनान्स, ३ वटा जलविद्युत कम्पनी, २ वटा जीवन बीमा कम्पनी, ३ वटा लघुवित्त संस्था र ५ वटा निर्जीवन बीमा कम्पनीका लगानी गरेको छ।
यो योजनाले कात्तिकमा १ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत असोजमा १५ लाख ३८ हजार रुपैयाँ घाटा व्यहोरेको थियो।
प्रतिक्रिया