कामदारलाई सम्झौताअनुसार सेवासुविधा नदिने विदेशी कम्पनीलाई कालो सूचीमा राखिने

४ बर्ष अगाडि

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ९किसान०ले सम्झौताअनुसार सेवासुविधा नदिने विदेशी कम्पनीहरुलाई कालो सूचीमा राखिने बताएका छन् । 

वैदेशिक रोजगारीबाट फर्किएकाहरुसँग वैदेशिक रोजगारी र नेपाली समाजमा पुनःएकीकरणबारे सोमबार भएको छलफलमा मन्त्री श्रेष्ठले सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीहरुलाई कालो सूचीमा राखेर त्यस्ता कम्पनीहरुको श्रम स्वीकृति रोक्ने बताएका हुन् ।

छलफलमा वैदेशिक रोजगारीबाट फर्किएकाहरुका साथै आप्रवासी कामदारको पक्षमा काम गरिरहेका गैरसरकारी संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता थियो । मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई  पुनर्मिलन, सामाजिक तथा आर्थिकरूपमा  सशक्तिकरण गर्दै अगाडि बढाउने बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया