प्रतिकित्ता ५ सय ७१ रूपैयाँ ६४ पैसा कायम हुने गरी मुक्तिनाथ विकास बैंकको सेयरमूल्य नेप्सेमा समायोजन

४ बर्ष अगाडि

काठमाडौं - आज मुक्तिनाथ विकास बैंक लिमिटेडको सेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा समायोजन भएको छ ।

बैंकको १७.५७५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ५ सय ७१ रूपैयाँ ६४ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ६ सय ७२ रुपैयाँ १० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि आज मंसिर १५ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको हो । त्यसैले, हिजो सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया