काठमाडौं - लेवनानले सरकारीस्तरमा श्रम समझदारी पत्रमा हस्ताक्षरका लागि यसअघि गरेको प्रस्तावबारे निर्णय गर्न नेपालसँग आग्रह गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ ९किसान०सँग मंगलबार लेवनानका अवैतनिक महावाणिज्यदूत एल शेख मोहमद गोजायलले शिष्टाचार भेट गर्दै उक्त आग्रह गरेका हुन् ।
मन्त्रालयमा भएको भेटवार्तामा लेवनानमा कार्यरत नेपाली कामदारहरुको सुरक्षा र व्यवस्थापनको विषयमा छलफल भएको र त्यस क्रममा गोजायलले उक्त आग्रह गरेकोे मन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।
गोजायलले लेवनानमा रहेका नेपालीहरुको सुरक्षा तथा समस्या समाधानका लागि श्रम समझदारी पत्रमा हस्ताक्षर गर्न आवश्यक हुने भन्दै श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया